त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो । प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि क्याम्पस निमित्तको भरमा थिए । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको […]

यू-१९ महिला विश्वकप : वार्मअप खेलमा वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। नेपालले दोस्रो वार्मअप खेल बुधवार अमेरिकासँग खेल्नेछ ।

लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पुस १७ गते पारित भएको विधेयक प्रदेश प्रमुख घर्तीले सोमवार प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले बताए । प्रदेशसभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई […]

लमही खानेपानी प्रगतिशील प्यानलका पौडेल निर्वाचित

देउखुरि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन । शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्वाचित भएका हुन । अध्यक्षमा पौडेलल १ सय १९ को मतान्तरले विजयी भएका छन भने उनको प्रतिस्प्रधी बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरे । त्यसैगरी जनपंक्षिय संयुक्त प्यानका अध्यक्ष पदका […]

बुटवलमा आजदेखि खाना महाेत्सव तथा माघेसक्रान्ती मेला सुरु

बुटवल । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ सुरू भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ […]

भिजन लुम्बिनीको अध्यक्षमा पोखरेल पुनः निर्वाचित

बुटवल । भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको साधारणसभा बुटवलमा सम्पन्न भएको छ । भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारणसभाले अध्यक्षमा पुनः जगत पोखरेललाई नै निर्वाचित गरेको छ । त्यस्तै उर्जा कम्पनीको पाँचौँ र छैठौँ साधारणसभाले सञ्चालक समितिका सदस्यहरु मात्रै चयन गरेको छ । उर्जा कम्पनीको अध्यक्ष पछि चयन गरिने भएको छ । […]

लायन्स क्लब देवदह युनाइटेडद्वारा मानव सेवा आश्रममा भोजन सेवा

बुटवल । लायन्स क्लब अफ देवदह युनाइटेडले साप्ताहिक कार्यक्रम अन्तर्गत मेल्बिन जोन्सको जन्मोत्सवको सु-अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। हङर रिलिफ अन्तर्गत क्लबको बार्शिक कार्ययोजना अनुसार मानवसेवा आश्रम बुटवलमा रहेका सहयोगपेक्षी महानुभावहरूलाई भोजन सेवा गराएको लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष लायन माधब आचार्यले जानकारी दिए । उक्त कार्यक्रम मानव सेवा आश्रम बुटवलमा […]

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा राजाराम शाही सर्वसम्मत

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  चौथो अधिवेशन संघिय  परिषद सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ । नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतार स्थिति भातृ संगठनका अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनकोबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका  राजाराम शाही  आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित  भएका हुन् । पार्टीको  […]

देवदहमा माघे सकराती पर्व विविध कार्यक्रमको आयोजना गरि मनाइने

देवदह l नेपाल मगर संघ देवदह नगर समितिले देवदहको पानबारी खेल मैदानमा विशेष कार्यक्रम आयोजना गरि माघे सकराती मनाउने भएको छ । नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी माघ १ खेल मैदानमा माघे सकराती २०८१ को आयोजना गर्ने जानकारी दिएको हो । कार्यक्रमको उद्‌घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगर गर्ने नेपाल मगर संघ […]

देवदह नगरपालिका नगर सभाको १५ औं हिउदे अधिवेशन सम्पन्न

देवदह // देवदह नगरपालिका नगर सभाको १५ औं हिउदे अधिवेशन सम्पन्न भएको छ । आईतवार भएको नगर अधिवेशनले नगर प्रहरी ऐन २०७६ को तेश्रो संशोधन –२०८१ पारित गरेको छ । उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रस्तुत गर्नु भएको नगर प्रहरी ऐन २०७६ तेश्रो संशोधन पारित गरिएको हो । यसैगरी अधिवेशनले नगरपालिकाको नीतिगत निर्णय समेत पास गरेको छ […]