अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  चौथो अधिवेशन संघिय  परिषद सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ । नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतार स्थिति भातृ संगठनका अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनकोबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका  राजाराम शाही  आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित  भएका हुन् ।

पार्टीको  संघीय  परिषद सदस्य समेत रहेका प्रमुख अथिती बुधवल गुरुङको रोहवरमा भएको बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री,  उपाध्यक्षमा रामजी सुवेदी,पुष्पराज भण्डारी,सरोज कुमार महतो, रामचन्द्र गिरी  महिला उपाध्यक्षमा ललिता बोहरा,महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ,रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह- कोषाध्यक्षमा प्रेम कुमार गुरुङ लाई पदाधिकारीमा निर्बाचित गरेको हो । 

संगठनले कार्यसमिति सदस्यहरुमा  बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पुर्ण बहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सुर्य बहादुर गुरुङ, श्रवण महतो गरि एघार जनालाई राष्ट्रिय सदस्यमा चयन गरेको छ ।

दोहोको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन बिधिगत रुपमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुले सानो बिरुवामा पानी हालेर कार्यक्रमको समुद्धघांटन गरिएको थियो । अधिवेशनमा भट्टराई समर्थक,आस्थावान लगायत कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *