काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो ।
प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि क्याम्पस निमित्तको भरमा थिए । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।
कुन क्याम्पसमा को भए क्याम्पस प्रमुख ?
बुटबल बहुमुखी क्याम्पस– उपप्रा अरुणकुमार क्षेत्री
भैरहवा क्याम्पस– लक्कीप्रसाद जोशी
शंकरदेव क्याम्पस– सहप्रा कपिल खनाल
रत्नराज्य लक्ष्मी क्याम्पस–सहप्रा पदमकुमार अधिकारी
नेपाल कमर्श क्याम्पस– सहप्रा जितेन्द्रप्रसाद उपाध्याय
ललितकला क्याम्प– उपप्रा यामप्रसाद शर्मा
सानोठिमी क्याम्पस–उपप्रा माधवप्रसाद श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस–सहप्रा लालमणि आचार्य
सुर्खेत बहुमुखी क्याम्पस– सहप्रा माधवप्रसाद खनाल
विश्वभाषा क्याम्पस– उपप्रा महेन्द्रकुमार बुढाथोकी
पाटन संयुक्त क्याम्पस– सहप्रा रघुवीर विष्ट
रामस्वरुप रामसागर क्याम्पस–प्राध्यापक बसन्तकुमार कर्ण
भोजपुर बहुमुखी– सहप्रा पर्वतकुमार राई
पृथ्वीनारायण क्याम्पस– प्राध्यापक हरिप्रसाद पाठक
सूर्यनारायण सत्यनारायण क्याम्पस– सहप्रा राजेश्वरप्रसाद यादव
डोटी बहुमुखी क्याम्पस–सह दिलानन्द जोशी
त्रिभुवन बहुमुखी क्याम्पस–उपप्रा टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस–उपप्रा प्रकाशचन्द्र खत्री
वनविज्ञान अध्ययन संस्थान पोखरा– सहप्रा नारायणप्रसाद गौतम
कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ– उपप्राध्यापक रामकुमार श्रेष्ठ
पक्लिहवा क्याम्पस– सहप्राध्यापक जन्मजय गैरे
मेची बहुमुखी क्याम्पस– सहप्राध्यापक देवीप्रसाद आचार्य
केन्द्रीय प्रविधि क्याम्पस धरान– प्राध्यापक बसन्तकुमार राई धौलागिरि बहुमुखी क्याम्पस– सहप्रा सुदर्शन सिलवाल