देवदहमा “माघे सकरातीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती” विषयक अन्तरक्रिया सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा “माघे सकरातीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । लुम्बिनी पाना मिडियाको आयोजनामा देवदह-५ स्थित बौद्द बिहारमा “माघे सक्रान्तीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती” विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टाले नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको मूलुक […]
ईप्सा देवदहको छात्रछात्रा भलिबल प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको देवदहमा पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदहको आयोजनामा छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्दै खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुको साथै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनको लागि खेलको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले भलिबाल राष्ट्रिय खेलको रुपमा स्थापित […]
“देवदह कप २०८१” क्रिकेट प्रतियोगिता पुष २९ देखी

रुपन्देहीको देवदहमा देवदह कप २०८१ हुने भएको छ ।देवदह क्रिकेट क्लबको आयोजनामा देवदह क्रिकेट मैदानमा यहि पुष २९ गतेदेखी क्रिकेट प्रतियोगिता हुने आईतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । सो अवसरमा बोल्दै देवदह क्रिकेट क्लबका रोशन गौतमले प्रतियोगिताको मुख्य उद्देश्य युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्नु, नयाँ खेलाडी उत्पादन गर्नु, र क्रिकेटलाई स्थानीय स्तरमा प्रोत्साहन […]
सार्वजनिक सेवा प्रवाह सहज बनाउन सरकारले ल्यायो अध्यादेश (विस्तृतमा)

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाह सहज बनाउन अध्यादेश जारी गरेको छ । शुक्रबार ल्याएको अध्यादेशमा सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, सेवा प्रवाहमा नागरिक एप सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै, शिक्षकहरुलाई निवृत्तिभरण कोषमा समावेश गर्ने, श्रमिकहरुको अवकाश उमेर ५८ बाट ६० वर्ष कायम गरिनेलगायतका […]
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बुटवल । श्रीमतीको हत्या गरेको आरोपमा देवदह प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका -८ बिशालनगरका ४६ बर्षिय रुद्र खड्का रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पोखरेलले बताए । उनलाई आफ्नै श्रीमती ४३ वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोप छ । शुक्रवार राति साढे ८ बजे घरयासी विवादपछि रुद्रले […]
देवदह मण्डपमा स्थायि संरचना बनाउन सरोकारवालाहरुको जोड

देवदह । देवदहको प्रदर्शनी स्थललाई मण्डपको रुपमा विकास गर्नका लागि स्थायि संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विभिन्न व्यापारिक संघ संगठनहरुले बार्षिक रुपमा मेला महोत्सव सञ्चालन गर्ने र नगरपालिकाले समेत वि.सं २०७१ सालमा महोत्सव स्थललाई देवदह मण्डप घोषणा गरेपनि अव स्थायी संरचना निर्माणमा ढिला गर्न नहुने उनीहरुको जोड छ । देवदह व्यापार संघले […]
नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि पालीनन्दन वारियर्सलाई

देवदह । नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि पालीनन्दन वारियर्सले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोमाञ्चक जित हासिल गर्दै वारियर्सले नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा पालीनन्दन वारियर्स र नमुना हरियाली बीच कडा प्रतिस्पर्धा भयो । टस जितेर बलिङ रोजेको पालीनन्दनले सुरुमा उत्कृष्ट […]
“देवदह-८ बाल संजालको नयाँ नेतृत्व”

देवदह // रुपन्देहीको देवदह नगरपालिका -८ को वडा स्तरीय बाल संजाल पुर्नगठन भएको छ । भेलाबाट कृति न्यौपानेको अध्यक्षतामा २१ सदस्य वडा बाल संजाल पुर्नगठन भएको हो। संजालको उपाध्यक्षमा प्रज्जवल देवकोटा , सचिवमा सुवास्ना तामाङ्ग, कोषाध्यक्षमा आयुष सुनार र सचिवमा प्रवेश पाण्डे रहेका छन् । साथै सदस्यहरुमा रिजन बि.क., दिपु थापा, शिशिर क्षेत्री, प्रवेश खत्री, […]
नेशनल प्याब्सनको २७ औं स्थापना दिवस मानव सेवा आश्रममा

बुटवल । नेशनल प्याबसनले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। आफ्नो स्थापना दिवसको अवसरमा मानवसेवा आस्रम बुटवलमा रहेका सहयोगपेक्षी माहानुभाव हरुलाइ भोजन सेवा गराएको नेश्नल प्यावसन रुपन्देहीका जिल्ला अध्यक्ष तिलव के सीले जानकारी दिनुभयो । नेश्नल प्याबसन रुपन्देहीले २७ औं स्थपना दिवसको अवसरमा मानव सेवा आस्रम बुटवलमा रहेका ५० […]
दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय मालवाहक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेको हुँदा भासिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि […]