बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबासमा पुल भासिँदा बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पुलमा भारतीय मालवाहक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेको हुँदा भासिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसको औपचारिक पुष्टि भने भएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि साना सवारीका साधनहरुलाई सञ्चालन गर्न डाइभर्सनको व्यवस्था रहे पनि ठूला सवारी साधनका लागि नयाँ डाइभर्सन खोल्नुपर्ने जनाएको छ ।

राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु विचल्लीमा परेका छन् । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो ।
सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको छ । डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने भएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *