इप्सा रुपन्देहीको भलिबल प्रतियोगिता पौष २८ गतेदेखी

रुपन्देही । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) रुपन्देहीको आयोजनामा छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्दै खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुको साथै उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनको लागि खेलको आयोजना गरिएको अध्यक्ष रामबहादुर गुरुङले बताउनु भयो । हरेक तहको परीक्षाहरुमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेका निजी विद्यालयहरुले अतिरिक्त […]
राप्रपाको नवीन राप्रपा अभियान जारी, वडा नं ८ को अध्यक्षमा ढकाल चयन

देवदह। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत वडा समितिलाई पुनर्ताजगीका लागि वडा भेला मार्फत नेतृत्व चयन गरिरहेको छ । सोही क्रममा आइतवार देवदह नगर पालिका वडा नं. ८ मा एक भेला गरी दुर्गा ढकालको अध्यक्षतामा राप्रपा वडा समिति चयन गरेको छ । राप्रपा देवदह ८ वडा समितिमा २१ सदस्यीय कार्यसमिति […]
राप्रपा देवदह १० को अध्यक्षमा जस कुमार पुन

केशव पराजुली, देवदह । राप्रपा देवदह १० को अध्यक्षमा पुनः जस कुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शनिवार सम्पन्न वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह १० वडा समितिमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । उक्त कार्यक्रमलाई […]
नेकपा (माओवादी केन्द्र) भ्रष्टाचारविरुद्ध लड्ने पार्टी हो : सुदर्शन बराल

रुपन्देही । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्र पार्टीलाई भ्रष्टाचारविरुद्ध लड्ने एक मात्र पार्टी रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले देशको सम्पत्ति बेच्ने र भ्रष्टाचारमा लिप्त हुने दलाल प्रवृत्तिको कडा विरोध गर्ने बताउनुभएको छ। नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता बरालले माओवादी केन्द्रले कुनै पनि […]
सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउछ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन् । लुम्बिनी वल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभुत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेको बताएका हुन्। ‘अध्ययन, अनुसन्धान अव नयाँ […]
राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी

देवदह । राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी चयन भएका छन् । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रवार भएको वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह ९ वडा समिति २१ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले […]
नेकपा माओवादी केन्द्र देवदहको अधिवेशन पौष २० गते, तयारी पूरा

देवदह। नेकपा माओवादी केन्द्र देवदहको पौष २० गते हुने चौथो नगर अधिवेशनको तयारी पूरा भएको छ। बिहिवार देवदह-५ स्थित पाठक फुडल्याण्डमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जानकारी गराइएको हो। पार्टीको केन्द्रिय सर्कुलर अनुसार देवदह नगरपालिकाको १२ वटै वडामा अधिवेशन सम्पन्न गरी नगर अधिवेशनको तयारीमा जुटेको पार्टीका नगर अध्यक्ष गोविन्द बहादुर ठडराईले जानकारी दिनुभयो।नगर […]
अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

देवदह । रुपन्देहीको देवदहमा प्रथम नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । श्री जनप्रिय माध्यमिक विद्यालयको आयोजना, दुर्गा मन्दिर युवा क्लब र शान्ति आमा समुहको सहयोगमा उक्त प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा केसीले यस प्रतियोगिताले सामुदायिक विद्यालयहरूबीचको सहकार्य, शिक्षकहरुबिच मित्रता […]
नवौं देवदह महोत्सव : होटलका स्टललाई सहज खानेपानी उपलब्ध गराइने

देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा रहने होटलका स्टललाई सहज रुपमा सफा खानेपानीको व्यवस्थापन गरिनेभएको छ । खानेपानीलाई अत्यन्त संवेदनशिल ठान्दै आयोजकले यसको व्यवस्थापनलाई उच्च प्रार्थमिकतामा राखेको जनाएको हो । ‘खानेपानी यसैपनि मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पक्ष हो । अझै भिडभाड भएको क्षेत्रमा यसको सुद्धतामा प्रश्न उठ्ने […]
देवदहमा गँड्यौले मल प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

रुपन्देही । रुपन्देहीको देवदहमा प्राङ्गारीक मल (गँड्यौले मल)को उपयोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव यादव प्रसाद कोईरालाले सहकारीले सञ्चालन गरेका गतिविधिहरु जिल्लामा उदाहरणीय भएको उल्लेख गर्नुभयो । उहाले गँड्यौले मलको प्रयोगले विषादीरहित […]