रुपन्देही । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्र पार्टीलाई भ्रष्टाचारविरुद्ध लड्ने एक मात्र पार्टी रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले देशको सम्पत्ति बेच्ने र भ्रष्टाचारमा लिप्त हुने दलाल प्रवृत्तिको कडा विरोध गर्ने बताउनुभएको छ।
नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता बरालले माओवादी केन्द्रले कुनै पनि भ्रष्टाचारीलाई संरक्षण नगर्ने बताउनुभयो। उहाले अन्य दलहरूले भ्रष्टाचारमा लिप्त भएर जनतामाझ आफ्नो विश्वसनीयता गुमाइसकेको दाबी गर्नुभयो । नेता बरालले कांग्रेस र एमालेलाई ठगी र भ्रष्टाचारीहरुको दल रहेको बताउदै माओवादी केन्द्र जनताको समर्थनले फेरि ठूलो शक्ति बन्ने दाबी गर्नुभयो।
सोही अवसरमा बोल्दै उहाँले सहिदहरूको योगदान र घाइतेहरूको त्यागलाई बिर्सिन नहुने उल्लेख गर्नुभयो। साथै, पार्टीका नयाँ नेतृत्वलाई अघिल्लो नेतृत्वका राम्रा अभ्यासहरूबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य मक्सुद अली, जिल्ला अध्यक्ष निर्मल जिसी, जिल्ला सचिव सन्त बहादुर यादव, नगर ईन्चार्ज कल्पना सुवेदी लगाएत आ आफ्नो भनाई राखेका थिए ।
उक्त कार्यक्रम नगर कमिटीका अध्यक्ष गोबिन्द ठड्राईको अध्यक्षता, उपाध्यक्ष केशर बहादुर पुनको स्वागत र सचिव प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।