बुटवल । बुटवलको सडकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा आएकाे छ ।
बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको हाे ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको सफ्टवेयर थिचेर ट्राफिक शुभारम्भ गरेका हुन ।
चालु आर्थिक वर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरीएको छ । मिलनचोकमा सडक विस्तारको काम जारी रहेको केही दिनमा नै लाइट शुभारम्भ हुनेछ ।
बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी हुने भएकाेले लाइटसँगै राखीएको सिसी क्यामेराको कन्ट्रोल समेत हुने भएको कारण यसबाट दुर्घटना न्युनिकरण हुने समेत अपेक्षा गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।
उपमहानगगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो ।
उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलका अनुसार दुर्घटना न्युनिकरणसँगै अटो सेन्सर सहितको ट्राफिक लाईट जडान हुने भएको कारण यसले दुर्घटनापछि हुने सम्भावित भवितव्यलाई समेत पहिचान गर्नको लागि सहयोग गर्नेछ ।
ट्राफिक लाईट शुभारम्भ कार्यक्रकमा बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालसहित वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, लोकनाथ न्यौपाने, हरि श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।