देवदह । जनप्रिय माध्यमिक विद्यालयको आयोजनामा पौष १८ गतेदेखि सञ्चालन भएको देवदह नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी केरवानी माविले हात पारेको छ।
बुधबार भएको फाइनलमा सीता मावी चरङ्गेलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।११ टिम सहभागी भएको प्रतियोगिताको उपाधी जितेको केरवानी माविले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र, उप बिजेता भएको सीता माविले नगद ७ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक श्याम थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता भएको समूहलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका लुम्बिनी प्रदेश सभाका सदस्य अब्दुल रज्जाक, देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रमको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेलको स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख केशव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।