बुटवल । श्रीमतीको हत्या गरेको आरोपमा देवदह प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका -८ बिशालनगरका ४६ बर्षिय रुद्र खड्का रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पोखरेलले बताए ।

उनलाई आफ्नै श्रीमती ४३ वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोप छ । शुक्रवार राति साढे ८ बजे घरयासी विवादपछि रुद्रले चक्कु प्रहार गर्दा कमला गंभीर घाईते भएकी थिईन।

कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त रुद्रलाई ज्यानमार्ने कसुरमा मुद्धा चलाउने प्रहरी नायव उपरीक्षक पोखरलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *