लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै छ।

बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने अवसर पाउनेछन्।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।

छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *