देवदह । राप्रपा देवदह ९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी चयन भएका छन् । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रवार भएको वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह ९ वडा समिति २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले पुराना राजनितिक दलमा वितृष्णा भएका कारण राप्रपाको लहर चलेको भन्दै अव जनताको पार्टी भनेको राप्रपा नै रहेको दावी गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका लम्सालले मुलधारका राष्ट्रिय पार्टीहरु भष्ट्राचारमा लिप्त भएको बताउँदै राप्रपाले देशको विकास सँग सँगै आमुल परिवर्तन गर्ने बताउनु भयो । उहाँले सनातन हिन्दु राष्ट्र बनाउन अव जनता एकजुट हुनु पर्ने जिकिर गर्नु भयो ।
देवदह ९ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा क्षेत्रिय उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगटन क्षेत्रिय संयोजक धनराज भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।