बुटवल । पौष २० गते बुटवलमा बृहत् नागरिक विद्रोह हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानको नेतृत्वमा बृहत नागरिक बिद्रोहको आयोजना गरिएको हो।

देशव्यापी अन्याय र अधिकार हननविरुद्ध जनताको आवाजलाई एकजुट पार्न बुटवलमा नागरिक विद्रोहको आयोजना गरिएको राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियान, लुम्बिनीका अञ्चल प्रमुख धन बहादुर अधिकारी “शंकर”ले जानकारी दिनुभयो।

बुटवलको राजमार्ग चौराहामा बिहान ११ बजेदेखि सुरु हुने नागरिक विद्रोहमा भ्रष्टाचार, व्यथितीका विरुद्ध स्वस्फूर्त रुपमा सहभागी हुन आह्वान समेत गरिएको छ।

यस अगाडी गण्डकी र चितवनमा बृहत् नागरिक विद्रोह सम्पन्न भैसकेको र देशका मुख्य मुख्य सडकबाट जनतालाई जागरुक बनाउन अभियान संचालन गरिएको प्रमुख अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

नागरिक विद्रोहमा मानवाधिकार कायम, नागरिकको जीवन रक्षा, वित्तीय समस्या समाधान, शासकीय अधिनायकवादको अन्त्य, स्वतन्त्र नागरिक आयोग गठन लगायतका विषयको माग सहित सभा गरिने प्रमुख अधिकारीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *