देवदह। रुपन्देहीको देवदह-२ मा अवस्थित नमुना एभरग्रीन ईंग्लिश बोडिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने , यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो ।
२ दिनसम्म चल्ने प्रतियोगितामा कुल १९ विधामा प्रतिस्पर्धा रहने र करिब २५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जानकारी अतिरिक्त क्रियाकलप संयोजक राज कुँवरले जानकारी गराउनु भएको थियो।
पहिलो दिन सम्पन्न १०० मिटर छात्रतर्फ विनोद शाही ठकुरी प्रथम , साहिल थापा दितिय र शिसान सिंह ठकुरी तृतीय भएका छन । त्यसैगरी १०० मीटर छात्रातर्फ एलिना गाहा, समीक्षा थापा र रविका राना क्रमशः प्रथम, दितिय र तृतीय हुन सफल भएका छन। त्यसैगरी लङजम्प छात्रतर्फ रोमन थापा, अमन थापा र अनमोल तामाङ क्रमशः प्रथम, दितिय र तृतीय भएका छन।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुँवरको अध्यक्षता, विद्यालय संयोजक सृष्टी बरालको संचालन तथा शिक्षक पार्वती गाहा, अञ्जु कुमालको सहजीकरणमा पहिलो दिनको खेलहरु सम्पन्न भएका थिए ।
