देवदह । देवदहमा जारी दोस्रो रास्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह बुद्ध पब्लिक आवासीय माविले उचालेको छ । माघ ३ देखि ५ गते ३ दिन सम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।

देवदह बुद्द पब्लिक आवासीय माविले १० स्वर्ण १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै दोस्रो भएको सगरमाथा आवासीय माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको छ ।

त्यस्तै प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको केरवानी माविले ६ स्वर्ण ३ रजत र ९ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो । त्यस्तै ४ स्वर्ण १ रजत र ३ काश्य जित्दै भबिस्य निर्माण माविले चौथो स्थान हासिल गर्यो।

रनिङ शिल्ड उचालेको देवदह बुद्द पब्लिक आवासीय माविले १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथाले १० हजार रुपैयाँ र तृतीय स्थान हासिल गरेको केरवानी माविले ५ हजार नगद प्राप्त गरेको छ।

रनिङ शिल्ड उचालेको देवदह बुद्द पब्लिक आवासीय माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *