देवदह l नेपाल मगर संघ देवदह नगर समितिले देवदहको पानबारी खेल मैदानमा विशेष कार्यक्रम आयोजना गरि माघे सकराती मनाउने भएको छ ।

नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी माघ १ खेल मैदानमा माघे सकराती २०८१ को आयोजना गर्ने जानकारी दिएको हो ।

कार्यक्रमको उद्‌घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगर गर्ने नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाले बताए ।उनका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ र ऋतु थापाको प्रस्तुति, मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी,  मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक छेलो हान्ने खेललगायत कार्यक्रम रहनेछ । कार्यक्रममा मगर समुदायका अन्य सङ्घसंस्थाहरूको पनि प्रतिनिधित्व रहनेछ ।

मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि प्रत्यक वर्ष जस्तै अहिले पनि  माघे सकराती कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *