बुटवल । लायन्स क्लब अफ देवदह युनाइटेडले साप्ताहिक कार्यक्रम अन्तर्गत मेल्बिन जोन्सको जन्मोत्सवको सु-अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। हङर रिलिफ अन्तर्गत क्लबको बार्शिक कार्ययोजना अनुसार मानवसेवा आश्रम बुटवलमा रहेका सहयोगपेक्षी महानुभावहरूलाई भोजन सेवा गराएको लायन्स क्लब अफ देवदह युनाइटेडका अध्यक्ष लायन माधब आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रम मानव सेवा आश्रम बुटवलमा रहेका ५० जना सहयोगापेक्षी महानुभावहरूलाई एक छाक खाना खुवाएर सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक को-चिफ एड्भाईजर लायन बिष्णु प्रसाद पौडेलयूले लायन्सले सामाजिक कार्यमा मानबिय सेवा कार्यमा महत्वपुण भुमिका निर्वाह गर्दै दिवस मनाइरहेको कुरा राख्दै सबै सङ्घ संस्थाले मानव सेवा हुने खालका कार्यहरू गर्दै गएमा सबै मानवमा परोपकारी भावना बढ्दै जाने र सिङ्गो समाज नै संस्कारयुक्त र परोपकारी भावनाले भरिपूर्ण हुने कुरा व्यक्त गरे ।

कार्यक्रममा जोन चियर पर्सन बिमल भुसाल, छिमेकि क्लबका अध्यक्ष बिन्दु थापा, सन्दिप पौडेल त्यसैगरि क्लबका टिकाराम चापागाइ, मनिलाल तिवारि, रोजि गुरुङ, दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो भने थप आर्थिक सहयोग गर्ने सहयोगि मनहरुलाइ धन्यवाद दिदै कार्यक्रम को संचालन सचिब अर्जुन कुमार गुरुङ र उक्त कार्यक्रमको सम्योजक बिक्रम पौडेलले गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *