दारी ग्याङले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुविचमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
दारी ग्याङ रूपन्देहीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा यसपटक शिक्षा क्षेत्र अन्तरर्गत वक्तृत्वकला प्रतियोगिता गर्न लागेको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पर्धा मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निर्माणको महत्वपूर्ण माध्यम रहेको बताउदै कार्यक्रम संयोजक तथा दारी ग्याङ रुपन्देही पुर्व अध्यक्ष गोकुल पाण्डेले भने, ‘प्रतियोगिता मार्फत विद्यार्थीहरुको अन्तरनिहिन क्षमता संगै वाककलाको समेत विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको छ ।’
पौष २६ गते कान्ति माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा सहभागी हुन रुपन्देही जिल्लाका सबै विद्यालयलाई पत्र पठाईसकेको पनि आयोजकले जनाएको छ ।
कार्यक्रमको बारेमा पौष २५ गते पत्रकार सम्मेलन मार्फत विस्तृतमा जानकारी गराउने आयोजकले जनाएको छ ।