देवदह । देवदहमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ। संगम युवा क्लबको आयोजनामा देवदह-३ को सेमरहनामा तेस्रो संगम कप भलिबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले खेलकुदको क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरेको बाताउनुभयो।खेलले स्वास्थ्य सङ्गै अनुशासन कायम गर्न समेत सघाउ पुग्ने र खेलाडी उत्पादन, प्रतिभा प्रस्फुटन हुने उहाँको भनाई थियो।

उद्घाटन खेलमा आयोजक सङ्गम युवा क्लबले देवदह-५ लाई २५-२३ र २५-१९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन थापाले जानकारी दिनुभयो।

२५ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ४४ हजर ४४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ प्राप्त गर्ने खेल संयोजक मीलन थापाले जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व अध्यक्ष, प्रचारप्रसार संयोजक घनश्याम भण्डारी, समाजसेवी कृष्ण प्रसाद ज्ञवाली,वेद बहादुर थापाले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, सह-आयोजक चाहाना आमा समूहका अध्यक्ष युवा कुमारी कामुको स्वागत र सचिव प्रीतम थापाको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *