रुपन्देहीको देवदहमा देवदह कप २०८१ हुने भएको छ ।देवदह क्रिकेट क्लबको आयोजनामा देवदह क्रिकेट मैदानमा यहि पुष २९ गतेदेखी क्रिकेट प्रतियोगिता हुने आईतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
सो अवसरमा बोल्दै देवदह क्रिकेट क्लबका रोशन गौतमले प्रतियोगिताको मुख्य उद्देश्य युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्नु, नयाँ खेलाडी उत्पादन गर्नु, र क्रिकेटलाई स्थानीय स्तरमा प्रोत्साहन गर्नु रहेको बताए ।
प्रतियोगितामा कुल ६ टिम सहभागी रहेको उनले बताए । प्रतियोगिता ४० ओभरको डिउज बल फर्म्याटमा लिग प्रणालीमा खेलाईने उनको भनाई छ ।
प्रतियोगिताको बिजेता, उप विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै बिधागत पुरस्कार समेत राखिएको खेल संयोजक संकेत भट्टराईले बताए ।
सहभागी ६ टोलि यस प्रकार रहेका छन् । देवदह क्रिकेट क्लब, नेपथ्य ज्ञानोदय क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब, होराईजन क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब र वेस्टन क्रिकेट एकेडेमी रहेका छन्।
प्रतियोगिताले क्रिकेटप्रेमीहरूमाझ उत्साह थप्ने र देवदहलाई क्रिकेटमैत्री क्षेत्रका रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ।