बुटवल । नेशनल प्याबसनले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। आफ्नो स्थापना दिवसको अवसरमा मानवसेवा आस्रम बुटवलमा रहेका सहयोगपेक्षी माहानुभाव हरुलाइ भोजन सेवा गराएको नेश्नल प्यावसन रुपन्देहीका जिल्ला अध्यक्ष तिलव के सीले जानकारी दिनुभयो ।

नेश्नल प्याबसन रुपन्देहीले २७ औं स्थपना दिवसको अवसरमा मानव सेवा आस्रम बुटवलमा रहेका ५० जना सहयोगापेक्षी माहानुभावहरुलाइ एक छाक खाना खुवाएर सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेश्नल प्यावसनका सचिब कृष्ण प्रसाद पौडेलले देशभरिका एनप्याब्सनिष्ट हरु आज केहि न केहि कार्यक्रम गरेर संस्थाको स्थापना दिवस मनाइरहेको कुरा राख्दै सबै संघ संस्थाले मानव सेवा हुने खालका कार्यहरु गर्दै गएमा सबै मानवमा परोपकारी भावना बढ्दै जाने र सिङ्गो समाज नै संस्कारयुक्त र परोपकारी भावनाले भरिपुर्ण हुने कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेश्नल प्याब्सन केन्द्रिय समिति सदस्य देउ प्रकाश राई,बिष्णु प्रसाद पौडेल , पुर्व जिल्ला अध्यक्ष बिल प्रसाद गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रम को संचालन सौगात भट्टराइले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *