देवदह। नेकपा माओवादी केन्द्र देवदहको पौष २० गते हुने चौथो नगर अधिवेशनको तयारी पूरा भएको छ। बिहिवार देवदह-५ स्थित पाठक फुडल्याण्डमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जानकारी गराइएको हो।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार देवदह नगरपालिकाको १२ वटै वडामा अधिवेशन सम्पन्न गरी नगर अधिवेशनको तयारीमा जुटेको पार्टीका नगर अध्यक्ष गोविन्द बहादुर ठडराईले जानकारी दिनुभयो।नगर अधिवेशनकामा ३५ सदस्यीय नगर कमिटी चयन गरिने ३ सय जना प्रतिनिधि एवं १ सय जना पर्यवेक्षक रहने अध्यक्ष ठडराईले बताउनुभयो।
अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले प्रशिक्षण दिने र १२ वटै वडाबाट पार्टी सदस्य तथा सुभेच्छुकहरुको सहभागिता रहने बताइएको छ।
पौष २० गते बिहान ११ बजे देवदह बुद्द चोकबाट र्याली सुरु हुने र पाठक फुडल्याण्डमा पुगेर औपचारिक कार्यक्रम सुरु हुने कार्यतालिका रहेको पत्रकार सम्मेलनमा जानकारी गरराइएको थियो। अधिवेशनमा सहिद परिवारलाई सम्मान तथा कलाकार सुकदेव अधिकारी लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने छ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्र देवदह १ (क) का संयोजक केदारनाथ काफ्ले, नगर कमिटीका उपाध्यक्षद्वय गणेश कुमार खाती, केशर बहादुर पुनको उपस्थिति रहेको थियो।
कार्यक्रम नगर अध्यक्ष गोविन्द बहादुर ठडराईको अध्यक्षता र प्रदेश कार्यालय सदस्य दिपक न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।