यातायात व्यवसायी र स्थानीयबीच ७ बुँदे सहमति : भलुहीबाट दैनिक ६ वटा बस संचालन हुने

केशव पराजुली, देवदह । पश्चिम नेपाल बस व्यवसायी प्रालि र यात्रुहरु विच सात बुँदे सहमति भएको छ । देवदहको भलुही तथा तिलोत्तमा नगरपालिका अन्तर्गत भुपु सैनिक एवम भोल्काका बासिन्दाहरको बुधवार बसेको संयूक्त हभेलाले बुटवल बर्दघाट रुटका बसहरुको रुट नं. २२ लाई देवदहको भलुहीलाई जिरो पोइन्ट बनाई भोल्काबाट भलुही चरङ्गे हुँदै बुटवल गोल्पार्क सम्म दैनिक ६ […]
रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

बुटवल । रुपन्देही उद्योग संघमा उर्जाको खपत र अनुदान सहयोग सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ । उर्जाको समुचित प्रयोग गरी अनावश्यक खर्च घटाउन र उत्पादकत्व अभिबृद्धी गरी प्रतिस्पर्र्दी बजारमा उद्योगका उत्पादनको विक्रि वितरण बढाउने सन्दर्भमा रुपन्देहीका उद्योगीहरु र विषय विज्ञ एवं जिआइजेड र युरोपियन युनियनका प्रतिनिधिहरु विच बुधबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । […]
रिब्दिकोट पाल्पा काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने

रिब्दिकोट काठमाडौ सम्पर्क मञ्चले इण्डाेर कृकेट प्रतिगाेगिता गर्ने भएकाे छ । नेकपा एमाले रिब्दिकोट काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष कमल प्रसाद पाण्डेको अध्यक्षता मा बैठकले युवाहरु लाई केन्द्रित गर्न पाल्पा का १० ओटा पालिकास्तरिय इन्डोर कृकेट प्रतियोगिता आयोजना गर्न भएको छ। प्रतियोगिता को मुख्य प्रायोजक नया बानेश्वर रहेको WRI Education Consultancy रहने भएकाे छ । माघ […]
जाडोले कठाँग्रिएर रुपन्देहीमा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीमा कठ्याङ्ग्रिदो चिसोले एक जनाको मृत्यु भएको छ । जाडोले कठाँग्रिएर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ८ दीपनगरमा एक जना युवकको मृत्यु भएको हाे । मृत्यु हुनेमा तिलोत्तमा ८ दीपनगर स्थाई बसोबास गर्दै आएका बर्ष २८ का विष्णु खराल रहेका छन । खराललाई आज बिहान स्थानीय गाउँलेहरुले घर बाहिर लडिरहेको अवस्थामा देखेपछि तुरुन्त […]
देवदह महोत्सवको तयारी तिव्र : १० करोडको कारोबार र ६ लाख दर्शकको लक्ष्य

रुपन्देही । रुपन्देहीको देवदहमा हुने नवौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । देवदह व्यापार संघको आयोजनामा यहि माघ १० गतेदेखि माघ २२ गते सम्म महोत्सव हुन लागेको हो । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने मेलामा १० करोडको कारोबार गर्ने र ६ […]
लुम्बिनी प्रादेशिक अस्पतालमा अब छुट्टै प्रसूति शल्यक्रिया कक्ष

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ । प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएका शल्यक्रिया कक्षको उद्घाटन गर्दै विस्तारित […]
विपिन सकुशल घर फर्किने आशामा परिवार

हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ । […]
नवौँ देवदह महोत्सव : सामाजिक संघसंस्थाहरुसंग समन्वयात्मक बैठक

देवदह । नवौं देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८१ को अन्तिम तयारीमा जुटेको देवदह व्यापार संघले विभिन्न संघसंस्थाहरुसंगको समुहगत बैठक र अन्तरक्रियालाई निरन्तरता दिएको छ । नगरमा रहेका टोल विकास संस्था, महिला÷आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका तथा विभिन्न संघसंस्थाहरु बिच अन्तरक्रिया भएको हो । ‘अन्तरक्रियामा मेलालाई व्यवस्थित र सफल पार्नका लागि आ–आफ्नो क्षेत्रबाट […]
लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै छ। बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने अवसर पाउनेछन्। त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक […]
देवदह महोत्सवमा सञ्चालन हुने आइडल अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न

देवदह । नवौं देवदह महोत्सवमा समावेश गरिने विभिन्न आइडलहरुको पहिलो चरणको अडिसन सनिवार सम्पन्न भएको छ । होटल इन्टेक खैरेनीमा सम्पन्न पहिलो अडिसनबाट २१ जना छनौट भएको साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक पिताम्वर खरेलले जानकारी दिए । ‘पहिलो चरणमा शनिवार डान्सिङ्ग आईडल, सिङ्गिङ आईडल र मम्मी डान्सिङ्ग प्रतियोगिताको पहिलो चरणको अडिसन सकिएको छ ।’ संयोजक […]